-->
प्रचण्डलाई पनि हामी समर्थन गर्दैनौं : अध्यक्ष यादव

काठमाडौं–तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुको माग सम्बोधन नहुँदासम्म कुनै पनि सरकारमा नजाने बताएका छन् । बिहीबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले सहमतिको सरकारको कुरा गाँजरको बासुरी बजाउनु जस्तै भएको टिप्पणी गरे । उनले सरकारको भागबण्डाको खेलमा अहिले प्रचण्डले प्यादाको भूमिका खेलेको भन्दै उनको नेतृत्वमा सरकार बनेपनि मधेसी मोर्चा सरकारमा नजाने र सहयोग पनि नगर्ने स्पष्ट पारे । यादवले भने, ‘यो सरकार राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा असफल भईसकेको छ । यो सरकारले समस्याको समाधान खोजेको छैन, कांग्रेस गएपनि हामीलाई उत्साह छैन । हामी सरकार बनाउने र ढाल्ने खेलमा छैनौं । कांग्रेस, एमाले र माओवादी हाम्रो लागि एउटै कित्तामा छन् ।’ आफूहरु संसदमा रहेकोले सरकार निर्माणमा पक्ष वा विपक्षमा मत हाल्नु स्वभाविक भएको भन्दै अहिले जति दावी गरेपनि सहमतिको सरकार बन्नै नसक्ने उनले ठोकुवा गरे । यद्यपि उनले कांग्रेस, एमाले र एमाओवादी मिलेर सरकार बनाउँदा मधेसको मुद्दा समाधानमा भने केही सहजता हुन सक्ने तर्क समेत गरे । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.