काठमाडौं ।दम्पत्तिमा गर्भधारण गर्ने क्षमता भएर पनि गर्भ नरहेको समाजमा धेरै उदाहरण पाइन्छ । यसो हुनुमा दम्पत्तिमा रहने तनाव, आराम कम लगायतका कारण हुन् । यसर्थ क्षमता भएर पनि गर्भधारण नभएका दम्पत्तिका लागि केही टिप्स :
समयमा सेक्स गर्नुहोस्
नियमित महिनावारी हुने महिलाको हकमा यो विधि लाभकारी हुन सक्छ । महिनावारी भएको दोश्रो हप्तामा सेक्स भए गर्भधारण हुन सम्भावना अधिक हुन्छ । महिनावारी भएको दोश्रो हप्ता अर्थात १२ औं तथा १६ औं दिनमा भने गर्भधारण हुने सम्भावना बढी हुन्छ ।
स्वस्थ जीवनशैली
स्वस्थ जीवनशैलीको पालना गर्नु निकै आवश्यक मानिन्छ । खानपानमा पर्याप्त भोजन तथा फलफुलको मात्रै प्रयोग गर्नुहोस् । भिटामिनको सही मात्रा लिनुहोस् ताकी दम्पत्तिमा प्रजनन दर बढोस् । दैनिक व्यायम गर्दा झनै लाभदायक हुन्छ ।
तनाव मुक्त हुने प्रयास गर्नुहोस्
धेरै समय तनावमा रहँदा पनि गर्भधारण नहुने कारण बन्न सक्छ । तनावको कामेक्षामा कमी हुन सक्छ । धेरै तनाव तनाव लिने महिलाको मासिक धर्म (महिनावारी)को प्रक्रिया रोक्न सक्छ । एक शान्त मनले तपाईंको शरीरमा राम्रो प्रभाव पार्छ । र जसले गर्भधारणको सम्भावना बढाउँछ । यस कारण सकिन्छ भने तनाव मुक्त हुने कोशिश गर्नुहोस् ।
सेक्स पछि केहीबेर आराम गर्नुहोस्
सेक्स गरेपछि केही समय आराम गर्नुहोस् । सेक्स पछि तपाईं नउठ्नुहोस् । तपाईं यो अवस्थामा रहनुहोस् की सेक्स लगत्तै डाडो नहुनुहोस् अर्थात नउठ्नुहोस् । साथै सेक्स लगत्तै योनी सफा पनि नगर्नुहोस् ताकी तपाईंको पतिको शुक्राणु सही स्थानमा पुग्न सकोस् । यस कारण सेक्सपछि १५–२० मिनेट टाँसिएर सुतिरहनुहोस् ।
अण्डकोषलाई धेरै तातो हुन नदिनुहोस्
यदी शुक्राणु धेरै तापमानमा आएको खण्डमा यो मर्न सक्छ । यस कारण धेरै तातो पानीले अण्डकोष नधुनुहोस् । अधिकांस मानिसले यसबारे सावधानी नपनाए पनि भट्टी जस्ता धेरै गर्मी (तातो) स्थानमा धेरै समय काम गर्ने मानिसले भने यसबारे सचेत हुनु आवश्यक छ ।
कुनै पनि प्रकारका नशा नलिनुहोस्
सेक्सको समयमा कुनै पनि प्रकारका नशा नलिनुहोस् । साथै महिलाहरुले धुमपान गर्दा, मादक पदार्थ सेवन गर्दा हार्माेनको सन्तुलन विगार्छ । यस कारण गर्भधारणमा बाधक बन्न सक्छ ।
औषधिको प्रयोग कम गर्नुहोस्
केही औषधिले तपाईंलाई गर्भधारण हुनबाट रोकिरहेको हुन्छ । यस कारण औषधि उपयोगमा कमी गर्नुहोस् । कुनै पनि औषधि लिँदा र छोड्दा चिकित्सकको सल्लाह लिनुहोस् । स्वयम् आफ्नै सुरमा औषधि सेवन गर्ने कार्य घातक हो ।
(माथि उल्लेखित कारणले नै गर्भधारण हुने र नहुने भन्न सतप्रतिशत सकिन्न । यो एउटा साधारण उपाय मात्रै हो । यदी लामो समय सम्म गर्भधारण नभएको खण्डमा भने चिकित्सकको सल्लाह बमोजिम अघि बढ्नु नै उत्तम उपाय हुन्छ । )


0 comments
प्रतिक्रिया दिनुहोस्...