विमानमा ३०२ यात्रु तथा १७ उडान कर्मचारी थिए।
इन्जिनमा आगो सल्किना साथ विमानको आपतकालीन ढोका खोलेर यात्रुलाई उद्धार गरिएको थियो। घटनामा सबै यात्रु सुरक्षित छन्। यात्रुलाई छिटोछिटो जहाजबाट बाहिर निकाल्ने क्रममा केहीलाई सामान्य चोटपटक लागेको छ। दुई पुरुष र पाँच महिला घाइते भएको बताइएको छ।
यात्रु बोकेर उड्ने तयारीमा रहेको अवस्थामा इन्जिनबाट आगो र धुँवाको मुस्लो निस्किएको थियो। अग्नि नियन्त्रकहरुले एक घन्टा लगाएर जहाजमा लागेको आगो निभाए।
विमानमा भएको आगलागीको जापनको एउटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो। टेलिभिजनमा दमकलले आगो निभाउन प्रयास गरिरहेको र धुँवाको मुस्लो निस्किरहेको दृश्य देखिएको थियो।
विमानमा आगो लागेपछि सो विमानस्थल केही समयका लागि बन्द गरिएको थियो।
३१९ जना बोकेको कोरियन एयरको विमानमा आगलागी
टोकियो— ३०२ यात्रु बोकेर सोल उड्न लागेको कोरियन एयरको बोइङ ७७७ विमानमा ठूलो आगलागी भएको छ। उडान कर्मचारी सहित ३१९ जना चढेको जहाज जापानको टोकियोस्थित हेनिडा विमानस्थलमा शुक्रबार अागलागी भएको हो।

0 comments
प्रतिक्रिया दिनुहोस्...