-->
विद्यालयका हेडमास्टर नै घुससहित पक्राउ परेपछि…

विराटनगर, १५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् ।

विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएको आयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी गराए।

एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उनले उक्त रकम लिँदै गरेको बताइएको छ । रासस




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.