आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम व्यूँताइयो
काठमाडौं, जेठ १५ – सरकारले आगामि आर्थिक वर्षको बजेटमा आफ्नो गाउँ आफै बनाऔं कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।
एमाले नेतृत्वको सरकारले २०५१ सालमा ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऔँ’ कार्यक्रमलाई ब्यूँताउँदै सरकारले गाविस तथा नगरपालिकालाई दिइने अनुदान रकम दोब्बर बनाएको छ । ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम ०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले घोषणा गर्नुभएको थियो । बिचमा यो अभियान र नारा हटे पनि फेरी ल्याइएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...