-->
नेपालका बाघ मार्न भारतबाट शिकारी


जेठ १६
नेपालगन्जः बाघको मार्न धराप थापेर बसेका तीनजनालाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको छ ।
बाँकेको कोहलपुरस्थित एकतानगरमा छाप्रो हालिबसेका नेपाली नागरिक रामु कुसबदिया, समर कुसबदिया र भारतीय नागरिक राजशिलक धराईलाई बाघ मार्न प्रयोग गर्ने सामानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुर ईन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
उनीहरुको साथबाट पासोमा पारी बाघ मार्न प्रयोग हुने जत्री, एउटा भालो, सुइरो, बँदेलको हड्डी र हतौडासहित पक्राउ गरिएको नायव उपरीक्षक काफ्ले जानकारी दिए ।
बाघ मार्न भारतीय नागरिकसहितको बन्जारा समुह बाँकेमा आएको सूचनाका आधारमा छापा मार्दा हतियारसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको उनले बताए ।
उनीहरु यसअघि पनि बाघ मार्दै आएका बन्जारा समूहका भएको प्रहरी जनाएको छ । उनीहरु भारतबाट बाघ मार्नकै लागि नेपाल आएको आशंका गरिएको छ ।
बाघ शिकार गर्ने बन्जारा समूहका उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको डिएसपी काफ्लेले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा केही समय अघि बन्जारा समुदाय व्यक्तिहरुले यस्तै जत्री प्रयोग गरी पाटेबाघ मारेको सार्वजनिक भएको थियो ।
बर्दिया राष्ट्रिय निकञ्जमा पछिल्लो समयमा ८ वटा भन्दाबढी बाघ मारिएका छन ।
बाँके राष्ट्रिय निकुञ्जनजिक बस्ने बन्जारा समुदायका व्यक्तिमाथि निगरानी राख्दै चेक जाँच गर्ने क्रममा जत्रीसहित भाला र हतौडा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बन्जाराहरुले आफूहरुले जत्रीको प्रयोग बिरालो र न्याउरी मुसा मात्र मार्नमात्र प्रयोग गरेको बताएको छन् । अन्नपूर्ण पोस्ट्बाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.