-->
रविन्द्र मिश्रलाई प्रश्न : दिक्षित प्रकरणमा तपाईंको मुख किन खुलेन ?

सिड्नीमा करीब १० बर्षदेखि बस्दै आएका साइबर फोरेन्सिकबारे अध्ययनरत युवा तीर्थराज कार्कीले पत्रकार रविन्द्र मिश्रप्रति प्रश्न यसरी तेर्साइरहेका छन् । पत्रकार रविन्द्र मिश्रप्रति उनको आरोप छ ।
‘भ्रष्टचारीलाई किरा परोस’ भन्दै आम नेपालीमाझ लोकप्रियता कमाउने जब बोल्नुपर्ने बेला तपाईं किन मौन ? भन्दै उनी यसरी लेख्छन्, कनकमणि दिक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घोक्रे ठ्याक लगाएसँगै भ्रष्टचारीहरुको मुटुमा ढ्याङग्रो बजेको प्रस्ट देखिन्छ । एक प्रकारको तरङ्ग उत्पन्न भएको छ । कनकमणि भ्रस्ट हुन या होइनन् त्यो त अनुसन्धान पुरा भएपछि नै थाहा हुने छ ।
लोकमानाले रिस फेर्न कै लागि कनकमणिलाई घोक्रेठ्याकलगायतको पक्कै होइन होला । यो त पेशागत मर्यादाभन्दा बाहिर हुन्छ । अनुसन्धान कुन हदसम्म स्वतन्त्र र निष्पक्ष हुने हो त्यो भने हेर्न बाँकी नै छ ।
अनुसन्धानलाई प्रभावित पार्न निकै तिकडम बाजी भैरहेको सजिलै देख्न सकिन्छ । कनकमणिलाई जोगाउन हाकाहाकी २/४ सय ठुलाठालु नेपाली लागेको देखिन्छ । ठूला भनौदा मिडिया हाउस, सम्पादक, राजनीतिक दल, केहि एनजीओ र आइएनजीओ, वकिल र केहि आसेपासे खुलेरै लागेको देखिन्छ । मालिकको सेवा गर्नु नोकरको दायित्व हो भने नोकर अप्ठ्यारोमा पर्दा मालिकले जोगाउन खोज्नु दुवै चलन चल्तीमा रहेका अभ्यास हुन् । यो कुनै नौलो अभ्यास होइन । सामाजिक संजालमा भेटिएको कनकमणि र रामवरण यादवको एउटा फोटोले विशेष अर्थ राख्ने भएको कारण आज म रविन्द्र मिश्रलाई केहि कुरा सोध्न चाहन्छु । कनकमणि भ्रस्ट हुन या होइनन् ? यो फोटोले कनकमणि जिम्मेवार व्यक्ति होइनन् भनेर केहि हदसम्म पुष्टि भने अवश्य गर्दछ । आइसीयुमा कुनै पनि बिरामी न त किताब पढेर बस्दछ न त समस्यालाई कसरी किनारा लगाउने भनेर छलफल गरेर ।
‘भ्रष्टचारीलाई किरा परोस’ भनेर लोकप्रिय नाराको सृजना गरेर गरिबका छोराछोरीलाई झुट्टो सपना देखाउँदैमा भ्रष्टाचार अन्त्य हुन्छ रविन्द्र जी ? के आइसीयुको परिभासा लेख्न जरुरी छ, रविन्द्र जी ?
विदेशमा लामो समय बसेपछि अब नेपालमा नै केहि गर्दछु भनेर फर्केको तपाइलाई म सन् २००८ देखि मैले फलो गरिरहेको छु । म तपाइको शुभ चिन्तक हुँ । रविन्द्र मिश्रले नेपाल र नेपालीको हितको लागि
केहि गर्ने हैसियत राख्दछन् र गरिरहेका छन् भन्ने मेरो व्यक्तिगत बुझाइ छ । मलाई पनि अलि–अलि थाहा छ, तपाइलाईं कसले मन पराउन्दछन् अनि कसले मन पराउँदैनन् भनेर ।
कहिलेकाहिँ तपाईं बडो अचम्मको व्यवहार देखाउनुहुन्छ किन ? यो दिक्षित प्रकरणमा तपाइले देखाएको व्यवहार पनि अलिक अचम्मको होइन र ? दिक्षित प्रकरणमा तपाइको मुख खासै खुलेको छैन किन ? बेला–बेलामा सुपर ग्लुले मुख टाल्नुहुन्छ कि क्या हो ? अनि हात ? कान ? आखा ? दिमाग ? हैट ! तपाईं संसारको आठौं आश्चर्य त होइन नि ?
भ्रष्टाचारको अन्त्य हुनुपर्दछ भनेर अभियानमा लागेको मान्छे दिक्षित प्रकरणमा मौन बस्दा हामी जस्ता फ्लोवरको मन त पक्कै दुख्छ नै । कि तपाइलाईं दिक्षितको बारेमा केहि थाहा छैन रविन्द्र जी ? किन दिक्षितको बारेमा अनुसन्धानात्मक टिप्पणी लेख्न सक्दैन बिबिसीले ? खुम बहादुर खड्का, बाबुराम भट्टराई, रामचन्द्र भट्टराई, मानुषी भट्टराई, प्रचण्डको मात्रै विरोध गर्नु त पूर्वाग्राही भएन र रविन्द्र जी ?
रविन्द्र जी म विजयकुमार पाण्डेलाई पनि यो प्रश्न गर्दथे होला । तर, उनलाई अहिले यो प्रश्न गर्न उचित छैन र हुँदैन होला । विजय पाण्डे अध्यात्मातिर लागिसके । उनका लागि यी कुरा गौण हुन् । सायद बुझ्नुभयो होला म कुन दृष्टिकोणबाट यो कुरा राख्दै छु तपाईलाईं । तपाइलाई मेरो सानो जिज्ञासा छ ।
‘रविन्द्र जी लन्डन बसाई र जीवनको आजसम्मको भोगाइ र अनुभवमा कति अस्पतालको आइसीयु (इन्टेन्सिभ केयर युनिट) मा बिरामीले किताब पढेर, मस्त भित्तामा ढल्केर गफ गर्नुभएको देख्नु भा छ ? आइसीयुमा को–को र कहिले–कहिले बिरामीलाई भेट्न आउँदछन् ? रविन्द्र जी के तपाईं जत्तिको व्यक्तिलाई आइसीयुको बारेमा कुनै ज्ञान नै छैन् त ? के दिक्षितको यो तस्बिर देख्नुभएको छैन ? कि तपाईं पनि परमार्थी सत्यको खोजितिर लागि सक्नुभयो, अनि दीक्षितको व्यवहार गौण भयो ? यदि परमार्थी सत्यको बाटोतिर लागि सक्नुभएको हो भने शुभकामना दिन चाहन्छु । नत्र आकर्षक नारा लगाएर गरिबका छोराछोरीहरुलाई आकर्षण गर्न छोडिदिनुस । नत्र तपाईंको निन्दक कविताले तपाइलाईं नै पोल्न बेर छैन् ।
ल दिक्षितले विदेशमा काम गरे अरे । आकर्षक तलब थियो अरे । उनले नेपालबाट पुर्खौली सम्पतिले नै विदेशका बैंकमा सेयर किने अरे । अमेरिका स्विजारलयाण्ड, नेदरल्याण्डबाट साउथ एसिया ट्रस्टमा ११,१२,४९,४३५.९६ आयको रकम पनि उनको पसिनाको कमाई हो अरे । तर, त्यो आइसीयुको फोटो नि ? के दिक्षित जत्तिको शिक्षित महासयले पैसा, साथीभाई र शक्तिको प्रदर्शन गरेर आइसीयुको दुरुपयोग गर्न मिल्छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.