पुराना गीतको संरक्षणका लागि मुनाको “चरी बस्यो बरको डालीमा”
काठमाडौं । लोक दोहोरी गीतका पारखीहरुका लागि मुना थापामगर चिनाइरहनु पर्ने नाम होइन । उनै मुना थापामगर पुराना चर्चित लोक तथा दोहोरी गीतहरुको संरक्षणमा पनि उत्तिकै सक्रिय छिन् ।
पुराना चर्चित गीतहरुको संरक्षण र सम्वद्र्धन गर्ने क्रममा उनले नयाँ गीतको रेकर्डिङ र म्युजिक भिडियो बनाएर आफ्नै युट्युवमा राखेकी छन् । कृष्णसुधा ढुङ्गानाको शव्द र लय रहेको “चरी बस्यो बरको डालीमा” बोलको लोकदोहोरी गीतलाई रिमेक गरिएको हो ।
रिमेक गरिएको यो गीतमा राजु गुरुङ र मुना थापामगरको सुमधुर तथा कर्णप्रिय स्वर सजिएको छ । “म सानो हुँदा यो गीत सुनेकी हुँ । लोप भइसकेको यो गीतको संरक्षण गर्ने उद्देश्यले यसलाई पुनः रेकर्डिङ र म्युजिक भिडियो निर्माण गरिएको हो”, गायिका मुना थापामगरले पहिलोपज डटकमलाई बताइन् ।
रिमेक गरिएको यो गीतको म्युजिक भिडियोमा गायक राजु गुरुङ आफै र अस्मी गुरुङले अभिनय गरेका छन् । शिव विकको निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन शम्भु चालिसेले गरेका हुन् । शिव फोरएस मिडियाले निर्माण गरेको यो म्युजिक भिडियोको सम्पादन रविन विकले गरेका छन । यसको वितरक आकृति म्युजिक प्रालि रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...