-->
प्रचण्ड निवासमा किन तीन मिनेट पनि बसेनन् देउवा ?

काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्न विहानै लाजिम्पाट पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तत्कालै बाहिरिएका छन् ।
नयाँ सरकार गठन, संसदमा अविश्वासको प्रस्ताव दर्तालगातका विषयमा छलफल गर्न देउवा प्रचण्डनिवास पुगेका थिए ।
तर, प्रचण्डनिवास पुगेको केहीबेरमा नै देउवा र नेता विमलेन्द्र निधि बाहिरिएका थिए ।
सरकार परिवर्तनका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको निधीले बताए ।
तर एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउन आफू सरकार ढाल्न तयार भएको भन्दै देउवालाई फर्काइदिएका हुन् ।
उनले मुख्य तीन दलमध्ये कुनै एक दल पनि छुटेमा संविधान कार्यान्वयना समस्या हुने भन्दै अहिले एमाले सरकारमा नआउने अवस्थामा वर्तमान सरकारलाई नै निरन्तरता दिने संकेत गरेपछि देउवा बाहिरिएका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.