भारत बिहारमा गुट्खा र पान मसालामा पनि प्रतिबन्ध
जेठ ८ – भारतको बिहारमा गुट्खा र पान मसालामा पनि प्रतिबन्ध लागेको छ । शनिबारदेखि एक वर्षको लागि गुट्खा र पान मसालामा पनि प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राज्य सरकारले जारी गरेको आदेशमा गुट्खा र पान मसाला बनाउने, बेच्ने र एक ठाउँबाट अर्को ठाउँमा लाने, देखाउने र संकलन गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । अब गुट्खा र पान मसला बिक्री रोक्नको लागि जाँच र छाप मार्नको लागि खाद्य विभागका अधिकारीले निर्देशन पनि दिएका छन् ।
गएको १ अप्रिलमा जाँडरक्सी बिक्रीमा रोक लागेको भारत बिहारमा शनिबारदेखि गुट्खा र पान मसालामा पनि रोक लगाइएको हो । दिल्लीमा पनि गुट्खा र पान मसालामा प्रतिबन्ध लगाइएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...