-->
बुलेट पिस राइड रारातर्फ प्रस्थान

काठमाडौं – काठमाडौंबाट राराका लागि आज बुलेट पिस राइड प्रस्थान गरेको छ । नासा बुलेट क्लबको आयोजनामा हुन थालेको बुलेट पिस राइड आज लुम्बिनी पुग्ने छ । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी पुगेर शान्तिको कामना गरिने छ ।
आज आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डित, राष्ट्रिय खेलकुद परिषद्की कार्यवाहक सदस्य सचिव सकुन्तला नगरकोटी, सांसद उदय शमशेर राणा लगायतले पिस राइडका सहभागीहरुलाई विदाई गरेका थिए ।
काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड ११ दिनसम्म चल्ने छ । जेठ ८ गते अर्थात बुद्ध जयन्तीका दिन काठमाडौंबाट प्रारम्भ भएको उक्त पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुग्ने छ । पिस राइडमा बुलेट अर्थात रोयल इन्फिल्डका बाइक राइडरहरु सहभागी छन् ।
लुम्बिनीमा पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’ का राइडर समेत पिस राइडसँग जोडिने छन् । त्यसपछि रारासम्म पुग्ने बाइकमा लुम्बिनीदेखि ‘शान्ति झन्डा’ राखिने छ । बाइकसँगै शान्ति झन्डा पनि रारा पु¥याइने छ । त्यसपछि द इन्फिल्ड ट्रुपर्सका राइडरहरु पोखरा फर्किने छन् ।
बुलेट क्लबले जुम्लाको सिंजा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन् । करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए ।
काठमाडौं फर्केपछि एक कार्यक्रम गरी सहभागी सबैलाई प्रमाणपत्र र टोकन अफ लभ वितरण गरिने बताइएको छ ।
बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको उक्त पिस राइडले नेपाल भ्रमण बर्ष २०७३ को समेत प्रबद्र्धन गर्ने क्लबले बताएको छ । केही बर्ष देखि मात्र सडक यातायातले जोडिएको कर्णाली अञ्चलको विकट स्थानमा पुगेर एड्भेन्चर स्पोर्ट्स, ड्राइभ टुरिजम् र रोड सेफ्टीको सन्देश दिन उक्त पिस राइड सफल हुने बुलेट क्लबको भनाइ छ ।
पिस राइडको मूख्य प्रायोजक पेट्रोनस लुब्रिकेन्ट रहेको छ भने अन्य विभिन्न कम्पनी र संस्थाहरुको समेत सहयोग रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.