-->
२५६०औँ बुद्ध जयन्तीको अबसरमा लुम्बिनीमा विशेष समारोह

खोटाङ। साकेला उभौली तथा यले संवत् ५०७६ को सुरु भएसँगै किरातधर्माबलम्बीहरु शुभकामना आदानप्रदान गर्न व्यस्त छन् ।
आजदेखि सुरु हुने साकेला उभौलीको अवसरमा जिल्लावासीबीच औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान तथा खुसियाली मनाउन थालिएको हो । महिना दिनसम्म मनाइने उभौली चाडका अवसरमा किरातीले भूमि तथा अन्नबालीको पूजा गर्दै मनाउने गर्दछन् ।
किराती जातिको मात्र चाड मानिँदै आइए पनि जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै पछिल्लो समय सबै जातजाति उभौली चाडको खुसियाली साट्दै शुभकामना आदानप्रदानमा गर्न थालेका छन् ।
आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्तिव्यक्तिबीच शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ । उभौलीको अवसरमा आज दिक्तेलस्थित यायोख्खाको भवन प्राङ्गणमा विधिवत् रुपले साकेला शिलीको सुरु गरी ऐतिहासिक मझुवागढीमा गएर धुमधाम नाच्ने यायोख्खाले जनाएको छ ।
यसैबीचमा नातागोता, इष्टमित्र, बाउ–माइती, छोरीचेली भेटघाट गर्दै ढोल र झ्याम्टाको तालमा गोलो घेरा भइ नाच्ने चलन छ । वर्षको दुई पटक उद्यौली र उभौलीमा प्रकृतिमा पाइने विभिन्न चराचुरुङ्गी तथा जीवजन्तुको समेत नक्कल गर्दै साकेला शिली नाच्ने गरिएको छ ।
चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने या जाडोयाममा उधौली र बेँसीबाट लेकतिर जाने समय या गर्मीयाममा उभौली पर्व मान्ने गरिएको यायोख्खाका सचिव युग्न किरातले बताउनुभयो । अन्नबाली सप्रियोस्, रोग ब्याधी नलागोस्, आपत्विपत् नपारोस्, सुव्यफाव्य होस् भन्ने प्रकृतिसँग कामना गर्दै यो पर्व मनाइन्छ ।
यसैबीच, सांसद पाँचकर्ण (पीके) राईको प्रमुख आतिथ्यमा शुक्रबार एक शुभकामना कार्यक्रम गरी किरात राई यायोख्खा जिल्ला कार्य समिति खोटाङले उहाँलाई सम्मान गरेको थियो ।
कार्यक्रममा यायोख्खा तथा किरात सेवा समाज, यायोख्खाका भ्रातृ संस्था किरात राई कर्मचारी मञ्च, किरात राई पत्रकार सङ्घ, किरात राई सांस्कृतिक कलाकार सङ्घ, किरात राई खेलकुद सङ्घ, किरात राई विद्यार्थी सङ्घ, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति, आदिवासी जनजाति विद्यार्थी सङ्घलगायतको उपस्थिति थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.