-->
सर्वोत्कृष्ट फुटबलरमा राजु तामाङ, २५ लाख पुरस्कारले सम्मानित

मंगलबार, १८ जेठ
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मिडफिल्डर राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबलर घोषित गरेको छ। मंगलबार तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषणा गर्दै एन्फाले नगद २५ लाख दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई चेक हस्तान्तरण गरेका हुन् ।
एन्फाले यसअघि वर्षको सर्वोकृत खेलाडी अपार्टमेन्ट दिने गरेको थियो । राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोयषा गरेको थियो । तर, उनीहरुले अझै पाएका छैनन् ।16
त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । एन्फाले यो पटक भने नगद नै दिएको छ ।
कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०र१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १र१ लाख प्रदान गरिएको छ ।
nepalsandesh



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.