शेष घलेका कारण ठमेलमा आतंक
काठमाडौँ, १८ जेठ - भूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन्।
एउटा मात्र होइा, दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन्। अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो। उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटान होटेल निर्माणको कारण आसपासका घरहरु भास्सिन थालेका हुन्।
होटल निर्माणका लागि धेरै जमिन खनिएकाले आसपासका क्षेत्रमा यस्तो समस्या देखिएको हो। जसकारण घलेविरुद्व स्थानीयहरु आन्दोलित भएका छन्। उनीहरुले महानरपालिकामा समेत उजुरी हालेका छन्। आजको दृष्टि साप्ताहिकमा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...