हतियारसहित चार जना अपहरणकारी प्रहरी फन्दामा
वीरगन्ज – पर्साका एक व्यापारीलाई अपहरण गरी फिरौति लिएको अभियोगमा एक गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १८ लक्ष्मणवाबाट एक थान नलकटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली सहित पक्राउ परेका चारै जना युवकलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
व्यपारीलाई अपहरण गरेको अभियोमा प्रहरीले वीरगन्ज वडा नम्बर–२७ निवासी जय प्रकास पटेल ,बारा कलैया–३ निवासी इमरान मंसुर, कलैया–४का रोशन पौडेल र कलैया–६ का दिनानाथ पटेल रहेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । व्यपारीलाई बिहिबार अपहरणकारीहरुले एक लाख रुपैयाँ फिरौति लिएको र एक साता भित्र नौं लाख रुपैयाँ बुझाउने शर्तमा रिहा गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको विषेश टोलीले घटनामा संलग्न रहेका अपहरणकारीहरुलाई हतियार र नगद सहित नियन्त्रणमा लिन सफल भएको उपरिक्षक श्रेष्ठले बताए ।
पक्राउ परेका युवाहरुले वीरगन्जका व्यपारीलाई फोन गरी धम्की दिने र रकम माग गर्दै आएको अनुशन्धानबाट खुलेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । उहाँले पक्राउ परेकाहरुबाट व्यपारीलाई फोनगरी धम्की दिने दुई थान सिम कार्ड, व्यपारीबाट लिएको नगद एक लाख रुपैया, ३ थान मोबाइल सेट, हतियार र गोली बरामद हो ।
पक्राउ परेका अपहरणकारीहरु माथी जिउ बन्धकी(अपहरण) तथा हात हतियार खरखजाना मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहर िउपरिक्षक श्रेष्ठले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...