-->
कैलालीमा उन्नत मुंगको खेती सुरु

कैलालीमा पहिलोपटक व्यवसायीक रुपमा उन्नत मुंग खेति सुरु गरिएको छ। अत्तरिया नगरपालिका वडा नम्बर १३ स्थित बिजौरा गाउँमा मुंग खेती शुरु गरिएको हो । पहिलो पटक अभ्यासका लागि अढाई बिघा जमिनमा समिट/सीसा नेपालको प्राविधिक सहयोगमा गेट टु नाम मुंग खेती सुरु गरेको धनगढीका व्यवसायी रविनकान्त पन्तले जानकारी दिए। 
 
दाल र नमकिन बनाउन प्रयोग गरिने मुंग मानव स्वास्थ्यका लागि समेत अत्यन्तै फाईदाजनक मानिन्छ। अन्य बाली भन्दा कम मिहिनेत र छोटो समयमा नै उत्पादन लिन सकिने भएकाले मुंग खेती तर्फ अग्रसर भएको पन्तले बताए । 
 
फागुन महिनामा अन्य बाली नलगाईने भएकाले मुंगमा लगानी र मिहिनेत पनि कम लाग्ने गरेका कारण जग्गा खाली भएको बेलामा मुंग खेती शुरु गरेको पन्तले जानकारी दिए, उनले एक विघामा करिब सात क्वीन्टल मुंग उत्पादन हुने अपेक्षा गरिएको भन्दै उत्पादन बिक्रीका लागि स्थानीयस्तरमै सम्झौता समेत भइसकेको जानकारी दिए ।
 
मुंगको हालको बजार मूल्य प्रति क्वीन्टल १४ हजार देखि १५ हजार रुपैया सम्म रहेको कृषि विकास कार्यालय कैलालीले जानकारी दिएको छ । 
 
मुंग कोसेबाली अन्तर्गत पर्ने गरेको जनाउँदै जिल्ला कृषि विकास कार्यालय कैलालीका प्रमुख युवराज पाण्डेयले मुंग खेतीले माटोको उर्वराशक्ति समेत बढाउने गरेको बताए । उनले छोटो अवधिमै उत्पादन लिन सक्ने मुंग खेती किसानका लागि अतिरिक्त आम्दानीको स्रोत समेत बन्न सक्ने बताए । 
 
प्रमुख पाण्डेयले कैलालीमा बाली छिट्टै पाक्ने गरेकाले मुंग खेतीको ठूलो सम्भावना रहेको चर्चा गर्दै यो खेतीलाई बिस्तार गर्न आवश्यक रहेको समेत बताए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.