-->
बच्चाहरूलाई दिउँसो सुताउनु हानिकारक

एजेन्सी । सामान्यत :  हामी शिशुहरुलाई दिउँसो सुताउने गर्छौं । तर, दिउँसो सुताउने बानी राम्रोचाहिँ होइन । एक अनुसन्धानअनुसार दिउँसो सुत्नाले बालबालिकाको स्वास्थ्यमा असर पर्छ । दुई वर्षभन्दा बढी उमेरका बालबालिकालाई दिउँसो सुताउँदा त्यसको असर रातीको निद्रामा पर्छ । फलस्वरुप बच्चाको शरीरको  सही विकास, व्यवहार र पूरै स्वास्थ्यमा हानिकारक असर पर्न सक्छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ता केरेन थोर्पेले शिशुहरुको दिउँसोको सुताईले उसको गुण, व्यवहार र शारीरिक स्वास्थ्यमा के असर पर्छ भन्नेबारे अनुसन्धान गरेका थिए । यो अध्ययन जर्नल अर्काइभ्स अफ डिजिज चाइल्डहुडको अनलाइन संस्करणमा प्रकाशित गरिएको छ । स्रोत


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.