काठमाडौं, जेठ १५- पाकिस्तान सरकारले कण्डमको विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानको प्रसारण नियामक संस्था "पेमरा" ले रेडियो तथा टीवीको प्रसारणमा कण्डमको विज्ञापन गर्न नपाईने नियम लागु गरेको हो ।
पेमराद्धारा जारी सबै मीडिया संस्थानका नाममा पठाईएको पत्रमा टीवी र रेडियो च्यानलमा कण्डम लगायतका परिवार नियोजनका साधनको विज्ञापनको प्रसारणमा तुरन्त रोक लगाउन आदेश दिएको छ ।
परिवार नियोजनको साधनको विज्ञापनाका बारेमा धेरै कमप्लेन आएपछि यस्तो कदम चालिएको हो ।
अधिसूचनामा जनाइए अनुसार परिवार नियोजनका उत्पादनका विज्ञापनले केटाकेटीमा गलत असर पर्नसक्ने बताईएको छ ।
पाकिस्तानमा कण्डमको विज्ञापन थोरै मात्र गर्ने गरिन्छ र परिवार नियोजन जस्तो विषयमा नगन्य रुपमा कुरा तथा छलफल हुन्छ ।
कट्टरपंथी तथा रुढिवादिको विरोधका कारण विज्ञापनकर्ताहरु कण्डम लगायतका परिवार नियोजनको विज्ञापन गर्न डराउँछन् ।
संयुक्त राष्ट्र संघका अनुसार पाकिस्तानको एक तिहाई जनसंख्या परिवार नियोजनको साधनबाट बन्चित छ जवकि पाकिस्तानको जनसंख्या वर्षेनी दुई प्रतिशत भन्दा बढीका दरले बढ्दै छ ।
सोशल मीडियामा पेमराद्धारा जारी यस्तो निर्णयको आलोचना भएको छ ।
फहमिदा इकबाल खानले ट्वीट गर्दै, ’पेमरा केही राम्रो गर । यो २१ औं सताब्दि हो । कृपया जनजागरुकता अभियानलाई न रोक ।’
इमरान सईद खानले ट्वीटगर्दै भनेका छन् , ’प्रिय पेमरा, परिवार नियोजनको विज्ञापनमाथि बंदेज नलगाउ । आजभोली कतिपय युवाहरु गर्भनिरोधकको जानकारीको अभावमा दुख भोगीरहेका छन् ।’
’अफिसरका आमा बाबुले कण्डमको प्रयोग गरेको भए कति राम्रो हुनेथियो होला’, गुल बुखारीले ट्वीट गरेका छन् ।
बीबीसी बाट -
पाकिस्तानमा कण्डमको विज्ञापन गर्न नपाईने
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...