-->
कप्तान पारस खड्काले बिमलको बहिनीको मृत्यु बारे यस्तो लेखे आफ्नो फेसबुक स्टाटसमा

काठमाडौं, १६ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्यु प्रकरणबारे आफ्नो धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै आफू यो खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।paras


उनले यस दुःखद घडीमा विमल एक्लो नभएको बताउँदै आफू लगायत सम्पूर्ण खेल जगत उनको पक्षमा रहेको र साथ नछाड्ने उल्लेख गरेका छन् । क्रिकेट कप्तान पारसले लेखेका छन्- ‘विमल घर्ती मगरको बहिनीको निधनको खबर सुन्दा निकै दुःख लागेको छ । आशा छ विमल तिमी बलियो हुनेछौँ र यस घटनाबाट बाहिर आउन सक्नेछौँ । सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छ ।’ बिमलकी बहिनी मनिषा बुधबार राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको शवलाई काठमाडौं ल्याएर पोस्टमार्टम गरिदैछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.