-->
ट्राफिक जाममा नफस्ने बस जसमा अटाउँछन् १४ सय यात्रु

चीनको राजधानी बेइजीङमा आयोजित १९ औँ ‘इन्टरनेश्नल हाइ टेक एक्सपो’ मा एक नयाँ प्रकारको बसको डिजाइन पेश गरिएको छ जसलाई ट्राफिक जामले कुनै असर गर्दैन।
 
विद्युतबाट चल्ने यस बसलाई ‘ओभरल्याप’ नाम दिइएको छ। चौडा आकारको यस बसमा एकै साथ १४ सय यात्रु अटाउन सक्छन्।
 
साथै सडकमा गुडिरहेको बेला बसको मुनिबाट ७ फिटसम्मका अग्ला गाडी पनि वारपार गर्न सक्छन्। अहिले चलिरहेको ४० वटा बसलाई यसले विस्थापित गर्ने जनाइएको छ।
 
 यो बस ६४ किलोमिटर प्रतिघण्टाको स्पीडमा चल्ने जनाइएको छ।
 
सडकमा कुनै प्रकारको अवरोध उत्पन्न नगरी आफ्नै ट्र्याकमा यो चल्छ।
 
विद्युतबाट चल्ने भएका कारण यो वातावरणमैत्री पनि छ। यसले वर्षमा ८ सय टन इन्धन खपत घटाउने र २ हजार ५ सय टन कार्बन उत्पादन कम गर्ने यसका चिफ इन्जिनियर सङ युझुले बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.