-->
बिमल बिहिनीलाई हेरेर भक्कानिए – [फोटो]

काठमाडौ – राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तीमगर त्रिभुवन विमानस्थलबाट सोझै टिचिड् अस्पताल पुगेका छन् । उनकी बिहिनी मनीषा बिहिबार आफ्नै घरमा मृत्य अवस्थमा फेला परेपछि बिमल बेल्जियमको यात्रा छोट्याएर फर्केका थिए । 

बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका हुन् । अहिले बिमल आमासँगै अस्पतालमै छन् । बिहनीको लास देखेपछि बिमल भक्कानिएर रोएका थिए । मनीषाको हत्याको आशंका गरिएकोले उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको हो ।

बुधबार एक्लै घरमा भएका बखत मनीषाको मृत्य भएको थियो । आमा बुटबल गएकाले मनीषा घरमा एक्लै थिइन् । बुटबलबाट बिहिबार बिहान आमा घर पुग्दा मनीषा मृत अवस्थामा भेटिएकी थिइन् ।

हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आशिष चौधरीले मनीषासँग समान्य झगडा परेको बताएका थिए । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो ।

भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।

received_1200512736633766

received_1200512759967097
received_1200511479967225
received_1200512743300432



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.