मधेसी, थारु र जनजातिहरुको उपस्थिति रहेको धर्ना कार्यक्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी भयो। पहिचानवादी नारा लगाउँदै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका आन्दोलनकारीलाई प्रहरीले ठेलेर पुरनाै ठाउँमा पुर्याएका थिए। केही आन्दोलनकारीले लठ्ठी फालेर प्रहरीलाई हिर्काए पनि प्रहरी साम्य भएर बस्यो।
अहिले पनि आन्दोलनकारीहरुले ब्यानर, पम्पलेट बोकेर माइतीघर मन्डला, हनुमानस्थना र बबरमहलमा धर्ना दिइरहेका छन्। गठबन्धनले सोमबार पनि सिंहदरवार कार्यक्रमलाई निरन्तरता दिने बताएको छ। 'सोमबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिन्छौं,' थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले जानकारी दिए।







0 comments
प्रतिक्रिया दिनुहोस्...