-->
मध्यपहाडी लोकमार्ग : फिदिम जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे हुँदै

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम–५ स्थित जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे गर्ने कार्यले अहिले तीब्रता पाएको छ । नाकाबन्दी र भूकम्प लगायतका कारण केही समय स्थगित रहेको सडक निर्माण कार्यले पुनः तीव्रता पाएको हो ।
कालोपत्रे गर्ने कार्य शुरु भएसँगै अहिदे द्रुत गतिमा काम भइरहेको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङले बताउँनुभयो । २०७० जेठ २८ गते सम्झौता भई ३३ महिनाभित्र काम सक्ने गरी सडकको कालोपत्रेको काम अघि बढेको थियो । तर फिदिम–५ भुजेल डाँडामा रहेको ढुंगा गिटी निकाल्न नपाइने भन्दै जिल्ला अदालत पाँचथमा मुद्दा परेपछि झण्डै ४ महिना काम स्थगित भएको थियो । पछि अदालतले सफाई दिएपछि पुनः काम सुचारु भएको थियो ।
तर त्यस लगत्तै शुरु भएको नाकाबन्दीका कारण इन्धनको अभावले झण्डै ३ महिनासम्म काम अवरुद्ध भएको थियो । अहिले द्रुत गतिमा काम भइरहेको इन्जिनियर मोहनप्रसाद कायस्थ बताउनुभयो ।
आयोजना तीब्र गतिमा अघि बढेकोले समयमै काम सक्ने आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लिका कन्ट्रयाक्ट म्यानेजर केवी श्रेष्ठले बताउँनुभयो ।
आयोजनाको सम्झौता आगामी मंसिर २८ गते सकिँदैछ तर त्यस अगावै सडकको कालोपत्रे गर्नेे कार्य पनि सकाउँने ठेकेदार कम्पनीको योजना छ । सडकको कालोपत्रे भएपछि तेह्रथुम आठराई भेगका झण्डै दुई दर्जन बढी गाउँ विकास समितिका सर्वसाधरण र पाँचथरबासी लाभान्वित हुनेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.