रंगशालामा शाहरुख खानका छोरा र परणितीको भिडन्त
४ जेठ, एजेन्सी ।
सोमबार इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत कोलकाताको इडेन गार्डेनमा शाहरुख खानको टिम कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बंगलोरबीच खेल भएको थियो ।
उक्त खेलमा विराट कोहोलीको आरसिवीले ९ विकेटको जित निकाल्यो ।
एक महिलाले शाहरुख खानलाई थप्पड लगाएपछि…
आफ्नो टिमको खेल हेर्न शाहरुख मात्र नभएर उनका कान्छा छोरा अबराम खान पनि मैदानमा पुगेका थिए ।
बलिउड अभिनेत्री परणिती चोपडा पनि शाहरुख खानको टिमलाई सपोर्ट गर्दै मैदानमा थिइन् ।
यस्तैमा रमाइलो घटना भयो । परणीतिले रंगशालामा खेलाडी भिडन्त गरिरहेको र आफू भने शाहरुख खानका छोरासँग भिडन्त गरिरहेको भन्दै इन्स्टाग्राममा भिडियो राखिन् ।
उनले ट्वीटरबाट आफूले शाहरुख खानको छोरालाई एकदम मायाँ गर्ने पनि बताएकी छिन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...