चन्द्र शमशेरले २ करोडमा सरकारलाई बेचेको सिंहदरबार
‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’
चन्द्र शमशेरले २ करोडमा सरकारलाई बेचेको सिंहदरबार
वि.स. १९५८ असार १० गते बुधबारका दिन चन्द्र शमशेर सत्तामा आए। सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरे अनि वीर शमशेरले निर्माण गराएको लालदरबार र सेतोदरबारहरू खरिद गर्ने इच्छा गरे।
सो दरबारहरु खरिद गर्ने प्रस्ताव स्वयम् आफैँ राख्न उनले अप्ठेरो माने। तसर्थ, त्यस कार्यको जिम्मेवारी उनले आफ्ना विश्वासीहरू माहिला पण्डित काशीनाथ आचार्य दीक्षित र डिल्ली शमशेर थापाहरुलाई सुम्पे।
उनीहरू गएर चन्द्र शमशेरको प्रस्ताव सर्वप्रथम तेज शमशेरसमक्ष राखे। तेज शमशेरले आफ्नो लालदरबारका विषयमा जवाफ दिँदै–महाराजलाई मेरो घर ‘लालदरबार’ को आवश्यकता भएको छ भने टक्राउँछु, तर मुमा (तोपकुमारी देवी) लाई मैले कहाँ राखुँ? भनी प्रश्न गरी पठाए।
यो पनि हेर्नुहोस्
सिंहदरबार मूलभवन प्रवेश निषेध क्षेत्र
सामान्य, श्रम र युवा तथा खेलकुद मन्त्रालय पनि विस्थापित
त्यसैगरी गेहेन्द्र शमशेरले पनि आफ्नो सेतोदरबारका विषयमा जबर्जस्त जवाफ दिएर पठाए, जसमा ‘मैले मागेको मोल के महाराजबाट बक्सन सकि बक्सिन्छ? पहिले यसको जवाफ बुझेर मात्र तिमीहरु मकहाँ आउनु’ भनी ती दुवैलाई फर्काए।
यसरी लालदरबार र सेतो दरबारका धनीहरुको प्रश्न लिएर ती दुवै दूतहरु चन्द्र शमशेरसमक्ष फिर्ता गए र दुवैको कुराहरु सुनाए।
चन्द्र शमशेरले ती दुवैको जवाफ दिन नसक्नुका साथै ती दरबारहरु खरिद गर्ने आँट गर्न सकेनन्। त्यसपछि उनले जीत शमशेरको लाजिम्पाट दरबार र रुद्र शमशेरको चाबुर्जा दरबारलाई ६/६ लाख रूपैयाँमा खरिद गर्न सहमत भए। यसरी यी दुई दरबारहरु किन्न लागेका बेलामा तत्कालीन इन्जिनियर कुमार नरसिंह राणा र इन्जिनियर किशोर नरसिंह राणाहरुले चन्द्र शमशेरसँग ‘महाराज यी सोझाहरुको चित्त किन दुखाइबक्सिन्छ, वर्ष दिनमै महाराजका लागि लायकको नयाँ दरबार निर्माण गरी तयार पारीदिन हामी सक्छौं भनेकाले उपरोक्त दरबारहरु खरिद गर्ने इच्छा परित्याग गरी सिंहदरबार निर्माण गर्ने प्रबन्धमा लागे।
त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।
ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।
ती सम्पूर्ण सामानको भन्सार पनि उनलाई तिर्नु पर्दैनथ्यो। ‘झलारी’ द्वारा ढुवानी गराउँदथे जसलाई बेगारीलाई झैं पेटभरि ढिडो र नुन खर्चमा दिनुपर्दथ्यो। त्यसकारण सिंहदरबारको निमार्णमा चन्द्रशमशेरको जम्मा ५० लाख रूपियाँभन्दा बढी पैसा खर्च भएको छैन, भनेर त्यतिबेलाका बुढापाका भन्ने गर्दथे।
सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो।
सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।
चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।
त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए।
चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगालदरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे।
यसै दरबारबाट जुद्ध शमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरेको थियो। पछि उनीहरुलाई मृत्युदण्ड दिइएको थियो।
वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई र


0 comments
प्रतिक्रिया दिनुहोस्...