ग्याँस बुलेट दुर्घटना, बुलेट चालकको मृत्यु
मुरारी अधिकारी, धादिङ, जेठ ४ गते । सुनौलीबाट काठमाडौँ तर्फ आउँदै गरेको एचआर ५५ क्यू २३१७ नम्बरको ग्याँस बुलेट धादिङको बेनीघाटमा दुर्घटना हुँदा बुलेट चालकको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग स्थित बेनिघाट ८ बाँदरेमा भएको दुर्घटनामा बुलेट चालक भारतको गोरखपूर बस्ने २५ वर्षिय मैनोदिन मियाको बुलेटले च्यापिएर घटना स्थालमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ग्याँस बुलेट आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिएकोे समेत प्रहरीले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...