कञ्चनपुरमा हुलाकी सडक योजना स्वाहा,कतै उधारोमा काम, कतै बजेट अभाव, जनता
आक्र्रोसित
कञ्चनपुर बैशाख २८
सरकारले पूर्व मेची झापा देखि पश्चिम महाकाली कञ्चनपुरसम्म जोड्ने दक्षिण तराईको हुलाकी राजमार्ग कञ्चनपुरमा अलपत्र परेको छ । बजेट नदिदा कञ्चनपुरमा उक्त योजना अलपत्र परेको हो । डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने उक्त सडकखण्ड कालोपत्रे नभएका कारण अलपत्र परेको छ । उक्त सडक समान्य मर्मत सुधार समेत भएको छैन् । हुलाकी सडक हालसम्म पनि कालोपत्रे हुन नसक्दा कैलाली–कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानियहरु जेखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
राष्ट्रिय योजना भएपनि सरकारले यहाँ बजेट नदिदा योजना कागजमै सिमित रहेको छ । चालु आर्थिक बर्षमा सडक डिभिजन कार्यालय कञ्चनपुरले डोकेबजारदेखि तिन किलोमिटर पश्चिम कालोपत्रे गर्न लागेको छ । तर हुलाकी सडक योजनाले भने, सडक सुधारका लागि भन्दै ग्राभिलिङ्गको काम गरिरहेको छ । हुलाकी सडक योजना धनगढीले कतै उधारोमा सडक मर्मत गर्ने काम अघि सारेको छ, भने कति बजेट अभावका कारण सडक मर्मत कार्य ठप्प भएको छ । हुलाकी सडक योजना धनगढीले चालु आर्थिक बर्षमा डोके बजारदेखि बुटाबारी सम्म १५ किलोमिटरमा ए–लेवलको ग्राभिलिङ्ग गरिरहेको छ ।
गत बर्ष फ्रिज भएको झण्डै २ करोड लागतमा ग्राभिल गर्न लागेको हुलाडी सडक धनगढीका ईन्जिनियर मान सिह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरण अन्र्तरगत बुटाबारीसम्म ग्राभिलिङ्ग भईरहेको छ । यस्तै बुटाबारी देखि बेलौरी बजारसम्म ग्राभिलिङ्गका लागि टेण्डर भईसकेको उहाँले जानकारी दिनुभयो । उक्त टेण्डर पनि उधारो हो । ‘अहिले केन्द्रसित हामीले सैद्धान्तिक सहमती गरेर ४८ लाखमा टेण्डर निकालेका छौँ ।’ उनले भने, ‘अब त्यहाँ पनि छिट्टै काम शुरु हुन्छ ।’ यसरी हुलाकी सडक योजना धनगढीले चालु आर्थिक बर्षमा लागि डोकेबजार देखि बुटाबारी सम्म मात्रै सडक सुधार गरेको छ । हुलाकी सडक योजनाले कम्तिमा जिल्लाको पुरै सडकको लागत स्टमेट तयार पारेर बजेट माग्नुको साटो आफुलाई फाईदा फाईदा हुने क्षेत्रमा टेण्डर खोलेर जनताको आखाँमा छारो हाल्ने काम गरेको छ ।
पुरै सडकको योजना अघि बढाएर सडक सुधार गर्नुको साटो टुक्र्रा टुक्र्रमा काम गर्नेशैली राम्रो नभएको स्थानियहरुको टिप्पणी छ । बेलौरी–कलकत्ता–बेल्डाँडी हुँदै दैजी राजमार्ग सम्म कम्तिमा ३६ किलोमिटर भन्दा बढि सडक सुधारका लागि चासो समेत देखाएको छैन् । हुलाकी सडक आयोजना धनगढीका कर्मचारीहरुले उक्त सडकमा बजेट नदिएका कारण सडक सुधार गर्न समस्या भएको भन्दै त्यहाँका स्थानिय राजनितिक दल, संसादहरुलाई बजेट दिलाउन दवाव दिनुपर्ने बताएका छन् । पाएको जिम्मेबारी सम्हाल्नुको साटो बजेटमा मात्रै ध्यान दिने कर्मचारीहरुका लागि सडक सुधार नभएको बेल्डाँडीका स्थानिय अगुवा दिनेश ठकुराठीको भनाई छ ।
हुलाकी सडक योजनाको लार्पबाहिका कारण आज ग्रामिण क्षेत्रका जनता मारमा परेको भन्दै पुरै सडकको लागत स्टमेट तयार पारेर युद्धस्तरमा काम अघि बढाउन समेत उहाँले सुझाव दिएका छन् । स्थानियहरुले आर्थिक बर्ष सकिनै लाग्दा हुलाकी सडक योजनाले बजेट पचाउनु हतार हतारमा काम गरिरहेको समेत आलोचना गरेका छन् ।
दक्षिणी क्षेत्रका स्थानियहरुले हुलाकी सडक सुधारका लागि आउँदो बजेटमा समेट् समेत माग गरेका छन् । भारतले बनाउने भनेको हुलाकी सडक अब नेपाल सरकारले बनाउने प्रधानमन्त्री केपशर्मा ओलीले घोषणा गरेको सन्र्दभमा स्थानिहरुले यस्तो माग अघि सारेका हुन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...