'यो मैले भनेको होइन, यो त अमेरिकी जनताले गरिरहेको कुरा सुनाउँदैछु,' भर्मन्ट क्षेत्रका सिनेटर (सांसद) बर्नीले भने, 'दुवैमध्ये को चाहिँ राष्ट्रपतिका रुपमा तपाईं चाहनु हुन्न भन्ने प्रश्न सोध्नुभयो भने दुवैलाई धेरैजसोले चाहेका छैनन् ।'
आइतबार जारी गरिएको एनबिसी÷वालस्ट्रिट जर्नलले गरेको अध्ययन अनुसार ५४ प्रतिशत मतदाताले आफूलाई हिलारी मन नपर्ने बताएका छन् । इतिहासमा यति धेरै अलोकप्रिय व्यक्ति राष्ट्रपति हुने संघारमा पुगेको यो पहिलो पटक भएको विश्लेषक बताउँछन् । यसअघि सिएनएन÷ओआरसी पोलले पनि मतदातामा यस्तै किसिमको अरुचि देखापरेको जनाएको थियो ।
'अमेरिकी जनताले कम दुष्टलाई छानेर ह्वाइटहाउस पुगेको हेर्नु निकै दुःखलाग्दो पक्ष हो,' बर्नीले भने, 'म त यस्तो व्यक्ति त्यहाँ पुगोस् भन्ने चाहन्छु, त्यस्ता व्यक्तिलाई अमेरिकी जनताले मत दिऊन्, जसप्रति उनीहरू ढुक्क हुन सकून् । मन पराएर ओभल अफिस पु¥याऊन् ।'
उनले आर्थिक न्याय, सामाजिक न्याय, वातावरणीय र जातीय न्यायमा काम गर्न सक्ने व्यक्ति अमेरिकालाई चाहिएको बताए । 'मैले त्यसैका पक्षमा अभियान चलाएको हुँ र मलाई त्यही कुराका लागि सर्वसाधारणले सराहना गरिरहेका छन्,' उनले भने ।
बर्नीले पछिल्लो समय आफ्नो अभियानको बुतामा नियमित रुपमा जितिरहेका छन् । 'पछिल्लो अभियानमा मैले लगातार ६÷७ सातादेखि ट्रम्प र हिलारीभन्दा राम्रो मत ल्याइरहेको छु, यो किन भइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ,' उनले पार्टीका संस्थापकहरूतर्फ इङ्गित गर्दै भने ।
हिलारीले ट्रम्पलाई मात्र ३ अंकले पछि पारेकी छन् । हिलारीलाई रुचाउनेको संख्या ४६ प्रतिशत छ भने ट्रम्पलाई ४३ प्रतिशतले । उता एबिसी न्युज÷वासिङ्टन पोस्ट पोलमा ट्रम्पले २ अंकले हिलारीलाई पछि पारेका छन् ।
यसअघि सिएनएनसँग कुरा गर्दै बर्नीले भनेका थिए, 'ट्रम्पले हिलारीलाई पछार्ने सम्भावना छ, त्यसैले सुपरडेलिगेट्सले उनीप्रतिको समर्थनमा विचार पु¥याउने बेला आएको छ ।'
ट्रम्पभन्दा हिलारी नै जाती
न्युयोर्क– दुई दुष्टमध्ये कसलाई छान्ने भन्ने छनोटमा आखिरीमा हिलारी नै पर्ने अर्का राष्ट्रपतिका आकांक्षी बर्नी स्यान्डर्सले बताएका छन् । 'दुई दुष्टमध्ये कम दुष्ट छान्ने पालो आएको छ यसपटक,' बर्नीले एबिसी टेलिभिजनसँग आइतबार साँझ अन्तरवार्ता दिँदै भने, 'त्यसैले हिलारी कम दुष्ट भएकाले उनी छानिने प्रवल सम्भावना छ।'


0 comments
प्रतिक्रिया दिनुहोस्...