-->
रुखबाट लडेर जुनमायाको मृत्यु

दमौलीः घाँस झार्ने क्रममा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । पाखुरीको रुखबाट खसेर किहुँ ४ काउलेभञ्ज्याङकी ५० वर्षकी जुनमाया थापाको मृत्यु भएको हो । 
 
घाँस झार्ने क्रममा रुखबाट लडेकी उनको घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतक थापाको शव पोष्टमार्टमपश्चात परिवारले बुझि लगेका छन् । 
 
रुखबाट खसेर भुइंमा छाती बजारिएकी थापाको तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.