यूवालाई रोजगारी माग गर्दै पूर्व सभासद थापा ५ दिन देखि आमरण अनशनमा
काठमाडौं- युवाहरुलाई रोजगारी र देशमा आर्थिक समृद्धिको माग गर्दै पूर्व सभासद तथा वाइसिएल नेता चन्द्रबहादुर थापा खुलामञ्चमा पाँच दिनदेखि आमरण अनसनमा बसेका छन्।
योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिननसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋणदिन पर्ने, वेराजगार भत्ताको व्यवस्था गर्न पर्ने लगायतका माग राखेर १२ जना यूवाहरु बुधबार देखि खुलामञ्चमा आमरण अनसनमा बसेका हुन्।
चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल अनसनमा बसेका हुन्। उनीहरु त्रिभुवनविश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन्।
अनसन बस्नु अघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए। १५ दिनको समय दिँदै उनीहरुले आफ्ना माग सम्वोधन गर्न भने पनि सरकारले नसुनेको भन्दै अनसनमा आएको बताएका छन्। बेरोजगार युवाहरुले ज्ञान सिप अनुसारको रोजगारी दिनु पर्ने माग ज्ञापनपत्र मार्फत सरकारलाई बुझाएका थिए।
पूर्व मूख्य सचिव लिलामणी पौडेल अनसनमा बसेका थापालाई भेट्न खुलामञ्च पुगेका थिए। उनले युवाहरुका जायज माग पुरा गर्नु पर्ने बताउँदै अनसन बसेकाहरुको स्वास्थ विग्रदै गएकोले तत्काल सरकारले पहल नगरे जीउज्यानको सुरक्षामा खतरा हुने देखिएको हुँदा शिघ्र स्वास्थ्य परीक्षणको व्यवस्था गर्नु पर्ने बताए।
अनेरास्ववियूकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल पनि उनीहरुलाई भेट्न पुगेका थिए। यस अघि नयाँ शक्तिका देवेन्द्र पौडेल, खिमलाल देवकोटा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय लगायतले उनिहरुलाई भेटेका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...