-->
उपसचिवको लिखित परीक्षाको नतिजा आयो (नामावलीसहित)

२७ वैशाख, काठमाडौं । लोकसेवा आयोगले खुलातर्फको उप-सचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन तथा समान्य प्रशासन समूहको राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

Loksewa-aayog

११ जना उपसचिव नियुक्तीका लागि लिएको परीक्षाबाट अन्तरवार्ताका लागि ३७ जना छानिएका छन् । ८ जना खुलातर्फको उपसचिव पदमा २० जनाले अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिला कोटामा ५, आदिवासी जनताजातीतर्फ ८, मधेसी र अपांगतर्फ ४-४ जना अन्तरवार्ताका लागि छनौट भएका छन् ।

अन्तिम चरणका लागि छनौट भएकाहरुको अन्तरवार्ता आउँदो जेठ १७, १८ र १९ गतेका लागि तोकिएको छ ।

हेर्नुहोस् नतिजा

Upa-Sachib-Resul-out 1

Upa-Sachib-Resul-out-2



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.