-->
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा, विशिष्ट कक्षबाट ४ महिला नियन्त्रणमा

काठमाडौं, २७ बैशाख । श्रम तथा रोजगार मन्त्री दीपक बोहरासहितको टोलीले सोमबार त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थल र ट्राभल्स एजेन्सीमा छापा मारेको छ ।

सोही क्रममा विमानस्थलको विशिष्ट कक्षबाट ४ जना महिलालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि नक्कली कागजात बनाएर विदेश जान लागेको आरोप लगाइएको छ ।

साथै टोलीले काठमाडौंका विभिन्न ट्राभल्स एजेन्सीको कार्यालयमा छापा मारेको छ । छापा मार्ने क्रममा टोलीले हिमालयन रेडपाण्डा, इन्टरनेशनल ट्रेडलिंक नेपाल, किङ अकवर टूर एण्ड ट्राभल्स र सिटी टूर एण्ड ट्राभल्सको कागजात पनि नियन्त्रणमा लिएको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.