अमेरिकामा भएका नेपाली कार्यक्रमहरुमध्ये यो भव्य कार्यक्रम हो।
नेपाल परेड डेको उद्घाटन राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले गरेकी थिइन्। नेपाली झण्डा बोकेका नेपालीहरुको समूह नेपाली पोशाकसहित विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने पोशाकमा अनेकतामा एकता, नेपालीको विशेषता भन्ने झल्को दिइरहेको थियो। करिव ३ घण्टा झाँकी प्रदर्शन र र्याली पछि कार्यक्रम सम्पन्न भएको थियो।
परेड जनसम्पर्क समिति अमेरिकका, प्रवासी नेपाली मञ्च, र आदिवासी जनजाती महासंघको संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा न्युयोर्कका चार दर्जनभन्दा बढी संघ संस्थाहरुको संलग्नता थियो।
कार्यक्रमबाट नेपालमा गत बैशाख १२ को शक्तिशाली भूकम्पपश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन सहयोग पुगेको आयोजकले बताए। अर्का आयोजक संस्था प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापाले यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर विषेश परेड गरेकोमा अभार व्यक्त गरे।
फिप्पनाका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफूरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुले उत्साहजनक सहभागीताले कार्यक्रमलाई भब्य पारेकोमा सबैलाई धन्यवाद दिए। सो कार्यक्रममा कम्तिमा ५ हजार नेपालीले सहभागीता जनाएको अनुमान छ।
संसारभरिकै विविधता बोकेको न्युयोर्कमा यो नै नेपाली समुदायले गरेकोे पहिलो परेड हो।


0 comments
प्रतिक्रिया दिनुहोस्...