गर्ल्स होस्टलमा अगलागी १७ छात्राको मृत्यु
बैंकक – थाइल्याण्डको एक बोर्डिङ स्कूलको छात्रावासमा भएको आगलागीमा परेर १७ जना छात्राको मृत्यु भएको छ । मारिनेमा ५ देखि १२ वर्षीया छात्राहरु रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
वियाङ पा पाओ जिल्लामा रहेको पिथाकिआर्ट विथाया नाम गरेको उक्त विद्यालयको छात्रावासमा राती ११ बजे आगलागी भएको प्रहरी अधिकारीहरुले बताएका छन् । आगलागीमा दुई जना बालिका अझै हराइरहेको र घाइते ५ जनालाई अस्पताल लगिएको छ ।
के कारणले आगलागी भएको भन्ने अझै यकिन हुन नसकेको मेल अनलाइनले जनाएको छ ।
रातीको समयमा छात्राहरु सुतिसकेपछि आगलागी भएका कारण ठूलो दुर्घटना भएको प्रहरी अधिकारीले बताए । केही सुत्न बाँकी रहेका छात्राहरु भने भाग्न सफल भएका थिए ।
घटना हुँदा छात्रावासमा ३८ जना विद्यार्थीहरु रहेका थिए ।
दुई जना हराइरहेका छात्राको खोजी भइरहेको प्रहरीले बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...