सभापति देउवाको आलोचना गर्दै पौडैल पक्ष
सरकार परिवर्तन गर्नेजस्तो बिषयमा पार्टीभित्र छलफलनै नगरी एकतर्फी अघि बढेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले सभापति शेरवहादुर देउवाको आलोचना गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सभापतिको प्रस्तावलाई अपरिपक्क निर्णय भन्दै उनीहरुले यसबाट पार्टीलाई क्षति पुगेको बताएका हुन। नेता प्रकाशमान सिंहे नेतृत्वमा गएको पौडेलपक्षधर टोलीले शुक्रबार सभापति देउवालाई निवासमै भेटेर पार्टीलाई संस्थागत रुपमा अघि बढाउन ध्यानआकर्षण गराए। पौडेल भने अमेरिकामा छन्।
सरकार परिवर्तन गर्ने खेलका कारण पार्टीको छवि विग्रिएको धारणा आफूहरुले राखेको टोलीमा सहभागि केन्द्रीय सदस्य बलवहादुर केसीले बताए। ‘यो घट्नाले कांग्रेसको छवि पनि विग्रेको छ, तपाईको झनै विग्रेको छ। यस्तो अपरिपक्क निर्णयले कांग्रेसको साँख गयो भनेर हामीले भन्यौ’ केसीले भने, ‘तत्कालिन सभापति सुशील कोइरालाले निर्णय गर्दा जस्तो गरे पनि अहिलेको सभापति देउवासँग परामर्श नगरी गर्न हुन्नथ्यो। तर,अहिले एक्लै अघि बढ्ने काम भईरहेको छ।’
सभापति देउवासँग भेट्नु अघि बिहीबार पौडेल पक्षधर सदस्यहरुको भेला नेता सिंहको निवासमा भएको थियो। भेलाले सभापति देउवाको सरकार परिवर्तन गर्ने कदमलाई अपरिपक्क निर्णय ठहर गरेका थिए।
जवाफमा देउवाले एमाओवादीभित्र पनि केपी ओलीको विकल्प खोज्न थालिएपछि सरकार परिवर्तनका लागि पहल भएको बताएका थिए। उनले कांग्रेस नेतृत्वमा सरकारको विकल्प खोज्ने पहल भएपनि एमाओवादीले नै पहिलो चरणमा आफूहरु र दोस्रो चरणमा कांग्रेसलाई दिन तयार भएपछि त्यही ढंगले अघि बढेको बताए।


0 comments
प्रतिक्रिया दिनुहोस्...