आज कालिमाटीमा कुन तरकारीको भाउ कति ?
काठामाडौं वैशाख ३० – आयात कम हुँदा काठमाण्डूको बजारमा आलुको भाउ बढ्न थालेको छ । हिजो किलोमा २ रुपैयाँले बढेको आलुको भाउ आज थप ५ रुपैयाँले बढेको छ ।
काठमाण्डूको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्थानिय आलु किलोको ३५ देखि ३६ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । यस्तै तराईका जिल्लाका आलु किलोको २८ रुपैयाँ थोक मूल्य पुगेको छ ।
आलुको उत्पादन हुने सिजन सकिएको र किसानले निश्चित मात्रै बजारमा पठाउँदा भाउ बढेको कालिमाटीका थोक बिक्रेताले बताएका छन् । बजारमा आज हरियो तरकारीको भाउ भने हिजो अस्तिकै जस्तै छ ।
स्थानिय गोलभेंडा किलोको ५५ देखि ६० रुपैयाँ, तराईका जिल्लाका गोलभेडा ४० रुपैयाँ, स्थानिय काँक्रो ५५ रुपैयाँ, हाईब्रिड काँक्रो २५ रुपैयाँ, स्थानिय काउली ६० रुपैयाँ, अरु काउली ५० रुपैयाँ, भेडे खुर्सानी, करेला, कोरियन मुला र घिउसिमी ८० रुपैयाँ, भिन्डी र पर्वल ६० रुपैयाँ, हरियो कटहर, हरियो फर्सी र स्थानिय मुला ५० रुपैयाँ, पीरो खुर्सानी ८० देखि ९० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै धनियाँ किलोको २ सय रुपैयाँ, गोलो च्याउ ४ सय रुपैयाँ, पाते च्याउ एक सय ५० रुपैयाँ र सुकेको प्याज किलोको २४ देखि २६ रुपैयाँ थोक मूल्यका कारोबार भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...