लम्जुङमा जिप दुर्घटना आठजनाको मृत्यु
लम्जुङः चितवनको नारायणगढबाट लम्जुङको दीपाकोट जाँदै गरेको जिप ना १ ख ४१३६ नम्बरको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
जीप लम्जुङको मध्यनेपाल नगरपालिका वडा नम्बर पाँचको तामाखानी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो। आठ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय गोविन्द गुरुङले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...