प्रहरीले नै गरे दश प्रहरीको हत्या
जेठ ६
अफगानिस्तान, अफगानिस्तानको दक्षिणी प्रान्तमा बिहीबार भएको आक्रमणमा १० जना प्रहरीको हत्या भएको समाचार छ ।
अफगानिस्तानको दक्षिणी प्रान्तमा अवस्थित जफर खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा त्यहीँ कार्यरत एक प्रहरीले नै आफ्ना साथीलाई गोली हानी हत्या गरेका थिए ।
अफगानिस्तानको सो प्रहरी चौकीमा यसअघि पनि यस्तै घटना भएको थियो । यस पटक बुधबार राति यो हत्याकाण्ड भएको हो ।
एकजना प्रहरीले नै आफ्ना साथीहरूमाथि गोली चलाएका थिए । सो गोली प्रहारमा परी दश जनाको ज्यान गएको थियो । यो समाचारको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
हत्यापछि हतियारसहित ती प्रहरी भागेका छन् । उनी भागेर कहाँ पुगे भन्ने बारेमा केही थाहा हुन सकेको छैन ।
उनीहरूको हत्यापछि ती प्रहरीले आफूसँग भएका र थप हतियारसमेत लिएर प्रहरी भ्यानमै भागेका थिए ।
उक्त प्रहरी आफ्नो मान्छे भएको तालिवान विद्रोहीले जनाएका छन् । उनीहरूले उक्त घटनाको जिम्मेवारी लिँदै आफ्नो साथीले नै सो हत्याकाण्ड गराएको समाचारमा जनाएका छन् ।
अफगानिस्तानमा यसरी प्रहरीले नै आफ्ना साथीलाई हत्यागर्ने प्रक्रिया नयाँ होइन । यसअघि पनि यस्ता घटना पटकपटक हुने गरेका थिए ।
प्रहरीले यस घटनाको अनुसन्धान गरिने जानकारी दिएको छ । अनुसन्धानका लागि प्रहरीको एक समूह खटिसकेको बताइएको छ । न्यूज24नेपाल बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...