-->
अर्जेन्टिनाले जित्यो, मेस्सी चोटग्रस्त

जेठ १५ – मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई १–० ले हराएको हो ।

 आउँदो शुक्रबारदेखि अमेरिकामा सुरु हुने कोपा अमेरिका फुटबलको तयारीमा रहेको अर्जेन्टिनाको जितमा ३१ औं मिनेटमा नापोलीका स्ट्राइकर ग्वोन्जालो हेगुइनले गरेको गोल नै निर्णायक बन्यो ।

मेस्सी घाइते

यो खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी पनि खेलेका थिए । तर उनले पूरा समय मैदानमा बिताउन भने पाएनन् । 
खेलको क्रममा उनी चोटग्रस्त भएका छन् । उनी चोटका कारण ६४ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनको कम्मरको तल्लो भागमा समस्या भएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.