-->
सांसद कोषको रकम कार्यकर्तालाई भागबन्डा

काठमाडौं । राज्यको ढुकुटी कार्यकर्तालाई बाँड्ने बानी परेका सांसद बर्षेनी सांसद कोषको रकम बढाउनुपर्ने माग गर्छन् ।   राज्यले सांसद कोषको रकम खर्च गर्न बनाएको कार्यविधि लत्याएर उनीहरुले आफ्नो कोषको २० लाख रुपैयाँ जिल्लास्थित नेता, कार्यकर्ता र मतदातालाई भागबन्डा गरेर सिध्याउँछन् ।   अझै नपुगेर बर्सेनी कोषको रकम बढाउन दबाब दिँदै आएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि नियमावलीका कुनै राजनीतिक दल वा तिनीहरुका भातृसंस्था वा व्यक्तिलाई दिन पाइने छैन भनी उल्लेख भए पनि अधिकांश सांसदले कार्यकर्तालाई बाँडेर २० लाख सक्ने गरेका छन् ।   जिल्ला विकास समितिमा सांसदका एजेन्टले रकम बाँडफाँड गर्न पेस गरिएको विवरणमा ९० प्रतिशतभन्दा धेरै रकम पार्टीका नेता कार्यकर्ता रहेको संघसंस्थालाई प्रदान गर्ने उल्लेख छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.