-->
तरकारी फलाउँदै पूर्वसभासद, वार्षिक तीन लाख आम्दानी

१५ जेठ, काठमाडौं । पहिलो संविधानसभा विघटन भएपछि तत्कालीन सभासद पट्टु थारु निराश भएर काठमाडौंबाट घर फर्किए ।

संविधानसभा विघटनपछि फुर्सदिला बनेका उको रोजाइ कृषि बनेको आजको नागरिक दैनिकमा समाचार छ ।   बाँके, बैजापुर १ नवलपुरका थारुले तीन वर्षअघि करिव चार कट्ठामा तरकारी खेती सुरु गरे । आम्दानी राम्रो भएपछि एक वर्षपछि क्षेत्रफल बढाएर ८ कट्ठामा खेती गर्न थाले । अहिले उनी व्यवसायिक तरकारी कृषक बनेका छन् ।

थारुले बाह्रै महिना तरकारुी फलाउँछन् । अहिले उनको खेतबारीकमा करेला, लौंका भिन्डी, बोडी काँक्रो लटरम्म फलेको छ ।

सशस्त्र द्वन्द्वका बेला माओवादी राजनीतिमा सक्रिय थारु शान्ति प्रक्रियापछि पहिलो संविधानसभामा पार्टीको तर्फबाट समानुपातिक सदस्य भएका थिए । उनी अहिले मोहन वैद्य समूहको क्रान्तिकारी माओवादीतिर छन् ।

उनले तरकारी बेचर वार्षिक तीन लाख आम्दानी गरिहेको जानकारी दिएका छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.