कर्णदासलाई ‘अनुपम म्युजिक अवार्ड’
‘अनुपम म्युजिक, पोखरा’को आयोजनामा ‘अनुपम म्युजिक अवार्ड’ को दोस्रो श्रृंखलामा यस वर्ष गायक कर्णदासलाई प्रदान गरिने भएको छ।
त्यस्तै, ‘अनुपम सङ्गीत सम्मान’ संगीतकार नवराज बराल र गीतकार रेशम रचकलाई दिइने भएको छ।
साहित्यकार दीपक समीपको संयोजकत्वमा गायक रामभक्त जोजिजू र समाजसेवी वीरेन्द्र पालिखे सदस्य तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले यी तीनलाई अवार्ड तथा सम्मानका लागि छनोट गरेको हो।
जेठ १५ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने कार्यक्रममा गायक कर्णदास, कर्म ग्याल्छेन, भविन ढुङ्गाना, रामभक्त जोजिजू, इतु जोजिजूलगायत पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारको समेत सांगीतिक प्रस्तुति रहने संयोजक अनुराग अधिकारीले बताए।
अनुपम म्युजिक अवार्डबाट गायक कर्म ग्याल्छेन र गीतकार कृष्णहरि बराल तथा अनुपम संगीत सम्मानबाट गायिका इन्दिरा जोशी, गीतकार होमनाथ न्यौपाने, गायक रामभक्त जोजिजू र संगीतकार वसन्त सापकोटा सम्मानित भइसकेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...