-->
नक्कली सैनिक बनेर तीन लाख नगद र मोटरसाइकल ठगी

अर्घाखाँची, जेठ २ – आफू सैनिक भएको र गण सर्न लागेकाले गणमा रहेका खाद्य सामग्री सस्तो मुल्यमा बेच्ने भन्दै एक युवक तीन लाख रुपैयाँ नगद र मोटरसाइकल ठगेर फरार भएका छन् । 

आफ्नो नाम दिनेश बताउने युवाले सन्धीखर्कमा रहेको चन्दननाथ गण सरुवा भई बारा जान लागेकोले आफूले गणमा रहेका खाद्य सामग्री सस्तो मुल्यमा दिने बताउदै ठगी गरेका हुन् । 

उनले गत बुधबार पाली गाविसको ७ मा पुगेर व्यापारीहरु दिपक नेपाली र महेश पन्थलाई गणमा रहेका चामल, दाल, तेल लगायतका खाद्य पदार्थ सस्तो मुल्यमा दिलाउने बताएका थिए ।

बुटबलमा भन्दा सस्तो मुल्यमा सामान दिने भने पछि किन्न भन्दै आएका दुई व्यापारीले चन्दननाथ गण रहेको ठाउँ नजिकै क्याम्पस रोडमा ती युवकलाई तीन लाख रुपैयाँ नगद बुझाएका थिए । त्यसपछि ती युवक नगद बुझेर ब्यारेकमा गई सामान समेत गाडीमा बाहिर ल्याईदिने बताउँदै व्यापारीहरु चढेर आएको लु १७ प ७९५४ नम्बरको मोटरसाइकल चढेर हिँडेका थिए । 

तर एक घन्टा कुर्दा पनि ती युवक नआएपछि आफूहरु सोधखोज गर्दै व्यारेकमा पुगेको र त्यसपछि मात्र ठगिएको थाहा पाएको दिपक नेपालीले बताउनुभयो । 

ठगीएका पीडितले प्रहरीमा उजुरी दिएको र ठगी गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.