-->
दैलेखमा मट्टितेल खन्याएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

दैलेख, २१ बैशाख । दैलेखमा एक पुरुषले आफ्नै श्रीमतीलाई जलाएर हत्या गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमतीको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या गरेको आरोपमा दैलेख रातोमाटे–१ बस्ने राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले गत बैशाख १५ गते आप्mनै १९ वर्षीया श्रीमती अनिशा नेपालीको शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए ।
जलेर गम्भीर घाइते भएकी अनिशालाई स्थानीय अस्पताल हुँदै बैशाख १७ गते थप उपचारको लागी शिक्षण अस्पताल महाराजगंज काठमाडौँ लगिएकोमा सोमबार उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.