-->
बादल गएपनि विप्लव भित्राउने तयारीमा मोहन बैद्य

काठमाडौं । एनेकपा माओवादीसँग एकता गर्न बैद्य माओबादीका  महासचिव रामबहादुर थापा बादलले गृहकार्य गरी रहेका बेला अध्यक्ष मोहन बैद्यले भने  विप्लव  नेतृत्वको माओवादीसँग एकताको प्रयास थालेका छन् ।

बादल प्रचण्ड नेतृत्वको माओवादीसँग तत्काल एकता गर्नुपर्ने पक्षमा रहेको बेला  बैद्यले  बादल गए बिप्लवलाई भित्राउने तयारी गरेका बुझिएको छ ।

विप्लव र बैद्य दुवैजना पार्टी एकताका पक्षमा रहेको र  बादल पार्टीबाट बाहिरिएको केही दिनमै एकता गर्ने गरी कसरत थालिएको स्रोतको दाबी  छ ।

पहिले दुई पार्टी एक भएपछि प्रचण्ड नेतृत्वको पार्टी सँग एकताका लागि पहल गर्ने सोच उनीहरुले बनाएका छन् ।

‘विप्लवजीहरुसँग कार्यदिशा मिल्छ, प्रचण्डजीहरुसँग मिल्दैन’ बैद्य माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने ‘कार्यदिशा मिल्नेसँग पहिले एकता गर्नु पर्ने अध्यक्षको अडान छ ।’




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.