-->
ऐतिहासिक धरोहर काष्टमण्डप १९ करोडको लगानीमा वहुबर्षीय योजनामा निर्माण हुने

गत वर्षको बैशाख १२ गतेको भुकम्पले भत्काएका सांस्कृतिक तथा ऐतिहासिक धरोहर वसन्तपुर दरबार परिसरमा रहेको काष्टमण्डपको चाँडै नै पुननिर्माण गरिने भएको छ ।
बिहीबार वसन्तपुर नासलचोकमा आयोजित पत्रकार सम्मेलनमा महानगरीय हनुमानढोका दरबार परिसर संरक्षण केन्द्रले काष्टमण्डपको पुननिर्माण गरिने जानकारी दिएको हो । करिब १९ करोडको लगानीमा बहुबर्षीय योजनामा निर्माण हुने महानगरीय हनुमानढोका दरबार परिसर संरक्षण केन्द्रका प्रमुख नरेन्द्र विलास बज्रचार्यले बताउनुभयो ।
भुकम्पले भत्काएको एक बर्ष बितिसक्दा पनि कसैले चासो नदेखिएपछि महानगरपालिका आफंै पुननिर्माणको तयारीमा जुटेको बज्रचार्यले बताउँनुभयो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.