-->
किसानलाई पेन्सन : पाँच हजार तिर्नुस्, मासिक चार हजार पाउनुस्

सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ । अन्नपूर्ण दैनिकमा समाचार छ।
पेन्सन सुविधा कार्यान्वयनमा आएपछि कृषितर्फ युवापुस्तासहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउने सरकारको योजना छ ।
 कृषि विकास मन्त्रालयले मंगलबार पेन्सन वितरण सम्वन्धी प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ ।
मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न डा. हरि रोक्कालाई जिम्मेवारी दिएको थियो ।
 रोक्काले तयार पारेको प्रस्तावअनुसार किसानले वार्षिक पाँच हजार रुपैयाँ प्रिमियम बापत जम्मा गरे ५५ वर्षपछि मासिक चार हजार रुपैयाँ पेन्सन वापत प्राप्त हुन्छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.