-->
५ सय गरिब–दलित छात्रालाई साइकल

समिति सिरहाले मंगलबार एक कार्यक्रमको आयोजना गरि सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, दलित ५ सय छात्रालाई साइकल वितरण गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले साइकल वितरण गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा जनकपुरमा गरिब दलित विद्यार्थीलाई वितरण गर्ने भनिएको साइकल मंगलबार वितरण भएको हो ।
भारतीय राजदूतावासको सहयोगमा उनीहरुलाई साइकल वितरण गरिएको हो । दूतावासले उपलब्ध गराएको ३२ लाख ४८ हजारको लागतमा उक्त साइकल टेण्डर प्रक्रियामा खरिद गरि वितरण गरिएको जिविसले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मानन्धरले टाढाको विद्यालयमा पढ्न जान गरीब दलित विद्यार्थीलाई साइकलले मद्दत पुग्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.