कोरला नाका खुलाउन चीनले तयारी थाल्यो
मुस्ताङ, २२ वैशाख– चीनले मुस्ताङको सीमावर्ती कोरला नाका खुलाउन तयारी थालेको छ । ४ दिनसम्म कोरला नाकाको अवलोकन गरेर सोमबार फर्किएको संसदको उद्योग वाणिज्य तथा हित संरक्षण समितिका सदस्यहरुले चीनले नाका खुलाउन आवश्यक पूर्वाधार निर्माण गरिरहेको जानकारी दिएका हुन् ।
संसदीय टोलीका संयोजक महेन्द्र शेरचनले भारतको नाकाबन्दीपछि उत्तरतर्फका नाका खुलाउने हल्ला चलेलगत्तै चीनले स्थानीय प्रशासन कोरला नाका खुलाउन धमाधम तयारीमा जुटको पाएको जानकारी दिएका थिए । कान्तिपुर दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...