-->
कोरिया भाषा उत्तीर्ण संख्या पुनरावलोकन गर्न माग

३ जेठ, काठमाडौं । सरकारले सातौं कोरियन भाषा परीक्षामा उत्तीर्णको संख्या पुनरावलोकन गर्न कोरियाको मानव संशाधन विकास समक्ष माग गरेको छ ।

६० हजारभन्दा बढी युवा सहभागी हुने परीक्षामा ३१ सय मात्र उत्तीर्ण हुनु अव्यावहारिक भएकाले पुनराबलोकन गर्नु आवश्यक रहेको सरकारको ठहर रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

आइतबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठ र एचआरडी इन्स्पेक्टर जनरल चोई सुङबीच भेटवार्ता भएको थियो ।

बर्सेनि ६० हजारदेखि ७० हजार युवा कोरियन भाषा परिक्षामा सहभागी हुन तर ५/६ हजार युवाले मात्र रोजगार अवसर पाउने गरेका छन् ।

यो अत्यन्त्य न्यून भएकाले थप कोटा वृद्धि गर्न माग गरेका छौं कोरियाको एचआरडीसँगको छलफलपछि ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले भने । उनले कोरियाले कोटा बढाउन छलफल गर्ने जानकारी दिएको जनाए ।

उत्पादनमूलक र कृषि तथा पशुपालन गरी जम्मा २ क्षेत्रमा रोजगारीको अवसर मात्र प्राप्त गरेकाले निर्माण क्षेत्रमा आगामी वर्षदेखि लिन नेपालले अग्रह गरेको छ



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.